अन्तर्राष्ट्रिय

यमनको समुन्द्री तटमा डुंगा दुर्घटना हुदाँ ६८ जना आप्रवासीको मृत्यु, ७४ बेपत्ता

एजेन्सी । यमनको समुन्द्री तटमा डुंगा दुर्घटना हुँदा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको ज्यान गएको छ। संयुक्त राष्ट्र संघीय आप्रवासी नियोगले जनाए अनुसार ७४ जना हराइरहेका छन्। सो डुङ्गामा १ सय ५१ जना इथियोपियाका आप्रवासी थिए।

दुर्घटनामा १२ जना बाच्न सफल भएका छन्। ५४ जनाको शव खानफारमा फेला परेको हो। १४ जनाको शव अन्य विभिन्न स्थानमा फेला परेको छ। यमनी अधिकारीहरूले यसअघि नै ५४ जनाको ज्यान गएको बताएका थिए।

जन्जिबारमा रहेको स्वास्थ्य निर्देशक अब्दुल बादेर कलामीले साक्रमा उनीहरूको अन्त्येष्टि गरिने जानकारी दिए। त्यहाँ पानीको बाटो हुँदै यमनी र अफ्रिकालीले यात्रा गर्नु स्वाभाविक मानिन्छ। सन् २०१४ मा यमनमा गृह युद्ध सुरु भएपछि सोही बाटोको प्रयोग गरेर भाग्नेक्रम व्यापक भएको हो।