२० साउन, एजेन्सी । लिबियामा टोब्रुक नगरपालिकाले गरेको सुरक्षा कारबाहीमा विभिन्न देशका ३ सय ५० अनियमित तथा गैरकानूनी आप्रवासीलाई पक्राउ परेका छन् ।
लिबियाको अध्यागमन एजेन्सीले उनीहरुलाई पक्राउ गरिएको घोषणा गरेको हो । एजेन्सीले एक विज्ञप्ति जारी गर्दै सुरक्षा अपरेसन प्रवेश आवश्यकताहरूको उल्लंघन गर्नेहरूलाई पछ्याउन, सहर र यसको उपनगरहरूभित्र अनियमित आप्रवासी लुकेका ठाउँहरूमा छापा मार्न शुरु गरिएको गहन गस्तीको एक भाग रहेको जनाएको छ । ।
गिरफ्तार गरिएका व्यक्तिहरूको कानूनी स्थितिभिन्न रहेका छन् । केही आधिकारिक प्रक्रिया पूरा नगरी लिबियाको क्षेत्रमा प्रवेश गरेका थिए । अन्यले भने मरुभूमि मार्गबाट घुसपैठ गरेका थिए । कतिपयले समुद्र पार गरेर युरोपेली तटमा अवैध रूपमा बसाइँ सर्ने तयारी गरिरहेका थिए ।
युरोप पुग्न खोज्ने अनियमित आप्रवासीहरूका लागि लिबिया एउटा प्रमुख पारवहन विन्दु समेत हो ।




