अन्तर्राष्ट्रिय

श्रीलंकाबाट १४ जना भारतीय माझी पक्राउ

२१ साउन, एजेन्सी । श्रीलंकाली नौसेनाले तामिलनाडुको रामनाथपुरम जिल्लाबाट १४ जना भारतीय माझीहरूलाई पक्राउ गरेको छ

नौसेनाले माछा मार्न गएका माझी मध्ये ४ जनालाई बुधबार थोन्डी, तिरुप्पलाईबाट पक्राउ गरेको हो । मंगलबार १० जनालाई तमिलनाडुको रामनाथपुरम जिल्लाको रामेश्वरमको पम्बन क्षेत्रबाट पक्राउ गरिएको थियो । तिरुप्पलाईबाट पक्राउ परेका माझीहरू विमलराज माथेस शक्ति र कार्थीको पहिचान गरिएको छ ।

सी वर्कर्स एसोसिएसनका प्रदेश अध्यक्ष एस मुर्गन्थमलाई उद्धृत गर्दै एएनआईले श्रीलंकाली नौसेनाले डुङ्गामा माछा मार्न गएका १० माझीहरूलाई पम्बनबाट पक्राउ गरेको बताएको छ । नौसेनाले रामनाथपुरम जिल्लाबाट एकै दिनमा १४ माझीलाई पक्राउ गरेको घटनाले माझिहरुबीच अशान्ति निम्त्याएको हो ।