२२ साउन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘नेतृत्व उत्कृष्टता पुरस्कार, २०२५’ भव्यतापूर्वक सम्पन्न भएको छ ।
द सोल्टी काठमाडौंमा यहि साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम “लायन वर्ष: लिड , रोअर , रिपिट” नाराका साथ सम्पन्न भएको हो । सोही कार्यक्रममा देशैभरीबाट उत्कृष्ट व्यवसाय गर्ने ४ सय ४० एजेन्सी तथा एजेन्सी
मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै संचालक अग्रवालले आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद समेत दिएका छन् । आर्थिक मन्दीकोबीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको उनको भनाइ छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित हुनु भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । अभिकर्ताहरुलाई गत आर्थिक वर्षको कार्य सम्पादनको लागि धन्यवाद दिंदै उनले चालु आर्थिक वर्षको व्यापार लक्ष्य पूरा गर्न शुरुबाट नै दत्तचित्त भएर कार्य गर्न समेत आग्रह गरेका छन् ।





