२३ साउन, एजेन्सी । इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको छ ।
प्रधानमन्त्री नेतान्याहुको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सोही योजनालाई अनुमोदन गरेको जनाएको हो ।इजरायलले सुरक्षा सुनिश्चित गर्न, हमासलाई हटाउन र सम्पूर्ण गाजाको नियन्त्रण लिन चाहेको प्रधानमन्त्री नेतान्याहुले सुरक्षा क्याबिनेट बैठकअघि बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा जानकारी गराएका थिए । गाजा क्षेत्रमा सुरक्षा कायम राखे यो क्षेत्र सेनाहरूलाई हस्तान्तरण गर्न चाहेको बताउदै उनले सेनाले गाजबासीहरूको आवश्यकता, सहजता र बमोजिम कार्य गर्ने समेत जानकारी गराएका थिए ।
यसैबीच, जवाफमा हमासले पनि एक विज्ञप्ति जारी गर्दै यसले प्रधानमन्त्री नेतान्याहुको भनाइलाई ‘वार्ता र युद्धविरामको लागि नभएर’ हमासको फिर्तीको उद्देश्यलाई प्राथमिकतामा राखेको देखिएको जनाएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबार करिब ९ हजार ७ सय ५२ प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएको बताएका छन् । त्यस्तै, ४० हजार मानिसहरु घाइते भएको समेत उनीहरुले बताएका हुन् ।
इजरायलले गत मार्च १८ तारिखदेखि गाजामा पुनः आक्रमण जारी राखेको छ ।




