२३ साउन, एजेन्सी । इरानको दक्षिणी प्रान्त केर्मानमा शुक्रबार एउटा रेल दुर्घटना भएको छ ।
सोही दुर्घटनामा परी ३० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका हुन्। इरानको ‘रेड क्रिसेन्ट सोसाइटीको रिलिफ एण्ड रेस्क्यु अर्गनाइजेसन’का प्रमुख बाबाक महम्मदीले मेहर समाचार संस्थासँग केरमान–जारान्ड रेलमार्गमा रेल लिक ९पटरी० बाट बाहिर जाँदा भएको रेल दुर्घटना हुँदा ३० जना घाइते भएको जानकारी गराएका छन्
तस्निम समाचार एजेन्सीले राष्ट्रिय रेलवे निकायको जनसम्पर्क कार्यालयबाट जारी गरेको विज्ञप्तिमा रेलवे प्राविधिक कर्मचारी र उद्धार बलको समयमा आगमन पछि सबै यात्रीहरू सुरक्षित रूपमा रेलबाट बाहिर निस्केको उल्लेख गरेको छ । इरानमा रेल दुर्घटना असामान्य छैन तर इरानमा ठूला दुर्घटना भने विरलै भएका छन् ।
सन् २०२२ को जुन महिनामा मध्य इरानी शहर ताबास नजिकै एउटा रेलले स्काभेटरलाई ठक्कर दिँदा २१ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए । सन् २०१६ मा उत्तरी इरानमा दुईवटा रेल एकआपसमा ठोक्किएर आगलागी हुँदा ४४ जनाको मृत्यु भएको थियो ।




