२६ साउन, एजेन्सी । राष्ट्रसंघीय राजनीतिक र शान्ति निर्माण मामिला विभाग युरोपले गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपाय युद्धविराम भएको जनाएको छ ।
युरोपका लागि सहायक महासचिव मिरोस्लाभ जेनोचाले गाजा क्षेत्रको सम्बन्धमा इजरायली सरकारको हालैको निर्णयले इजरायल र प्यालेस्टिनी क्षेत्र भन्दा बाहिर पनि द्वन्द्वको भयानक डर पैदा गर्ने खतरा रहेको विषयमा जोड दिएका हुन् ।मध्यपूर्वको स्थिति सम्बन्धमा भएको सुको आपतकालीन बैठकमा उनले यस्तो जोड दिएका थिए ।
गाजाको मानवीय पीडा अन्त्य गर्ने एक मात्र उपाय तत्काल पूर्ण, स्थायी युद्धविराम गर्नुभएको भन्दै बन्धकहरूको बिना शर्त तत्काल र रिहाइको लागि उनले आह्वान गरेका छन् ।
सं




