३ भदौ, काठमाण्डौ । नेपालमा मनाईने हरितालिका तीजको नजिक हुँदै गर्दा तीजका विभिन्न किसिमका तीजका गीत तथा भिडियोहरू सार्वजनिक हुने गर्छन् । गीतकार खतिवडाले भने ब्यङ्गात्मक रूपमा गीत प्रस्तुत गरेका छन् ।
नेपाली महिलाहरूले मनाउने हरितालिका तीजको छुट्टै मौलिक बिशेषता रहेको छ । तर आजभोली त्यस्तो महान पर्वलाई मनाउने नाममा फजुलखर्च गर्ने र तढकभडकमा रमाउने प्रवृत्ति मौलाउदै गएको छ ।
कतिपय नारीहरूले भने यस महान पर्वलाई सास्कृतिक धरोहरको रूपमा स्वीकारी मनाउने गरेको पाईन्छ भने कतिपयले बिकृत बनाउदै लगेको पाईन्छ ।
नेपाली समाजको विद्युमान अवस्थालाई चित्रण गर्दै कतै सस्कृतिको सरक्षण गर्दै मनाउनेलाई ‘सम्मान बरि लै’ त विकसित हुँदै गएको बिकृत रूपलाई’ तीन महिना अघिदेखि मान्यो बरि लै, साँचिकै तीज कहिले भन्ने नै भुल्यो बरि लै’ भन्दै सास्कृतिक संरक्षण गर्न भिडियोले सन्देष दिएको छ ।





