५ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले सरकारले सवारी साधनमा अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेटको कडा विरोध गरेका छन् ।
सरकारले सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट राख्ने नियम बनाएपछि सर्वसाधारणले विरोध गरिरहेका बेला नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्षसमेत रहेका काँग्रेस नेता घिमिरेले, ‘सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारी निर्णय नेपाली भाषा र पहिचानको प्रतिकुल छ।हाम्रो आफ्नो भाषालाई निरुत्साहित गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा नेपाली समाजलाई कहाँ पुर्याउला ?’ भन्ने प्रश्न गर्दै इम्बोस्ड नम्बर लेट राख्ने सरकारको निर्णयको विरोध गरेका हुन् ।
उनले हरेक कुरामा अरूको नक्कल वा अनुकरण गर्ने प्रवृत्तिको अन्त्य गरी निर्णय फिर्ता लिइयोस् ! भनेका छन् ।
उनको स्टाटस्ः
सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारी निर्णय नेपाली भाषा र पहिचानको प्रतिकुल छ।हाम्रो आफ्नो भाषालाई निरुत्साहित गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा नेपाली समाजलाई कहाँ पुर्याउला ? के निर्णयकर्ताले यस विषयमा सोच्नुपर्दैन ? तसर्थ हरेक कुरामा अरूको नक्कल वा अनुकरण गर्ने प्रवृत्तिको अन्त्य गरी निर्णय फिर्ता लिइयोस् !
नेता घिमिरेको स्टाटस्मा सयौँ कमेन्टहरुमा समर्थन आएका छन् भने केही आएका विरोधका कमेन्टहरुमा समेत घिमिरेको समर्थनमा कमेन्टहरू दोहोरिएका देखिन्छन्:
एक जना विदेशमा बस्नेले गरेको कमेन्टमा सर्वसाधारणले कमेन्ट गर्दै यसो भनेका छन्:
‘विदेशी दलाल जस्तो देखियो तपाईँ महाशय, अलिकति पनि लाज भए नेपालमा बसेर राजनीति गर्न आउनुस्…गुरु दाइले राष्ट्रियता र नेपाली जनताको हितको कुरा गर्दा तपाईँलाई पचेन, अलिकति लाज मान्नु न यार, नेपालमा बसेर दुःख गर्न नसकेर ठुला कुरा गर्न विदेशी भूमिमा बस्नेसँग के तर्क गर्ने गर्न त ?’





