आर्थिक

लक्ष्मी सनराइज क्यापिटलद्वारा संचालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित एक अर्व रकम संकलन

१५ भदौ, काठमाडौँ । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको यस लक्ष्मी सस्टेनेवल इनर्जी फण्ड ले निर्धारित एक अर्ब रकम संकलन गर्न सफल भएको छ ।

यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो ।

जलबिद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पु¥याउनुु यस फण्डको मुख्य उद्देश्य हो ।


यस फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन र हामीप्रति जनाउनुभएको विश्वसनियताका लागि सम्पूर्ण लगानीकर्ताहरु प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं ।
साथै, लक्ष्मी सनराइज क्यापिटल लिमिटेड Operating Principles for Impact Management मा हस्ताक्षरकर्ता समेत रहि आएको छ ।