३१ भदौ, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छन् ।
प्रधानमन्त्री कार्कीले आज तिलगङ्गा पुगी आँखाको नियमित जाँच गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ नेत्रविशेषज्ञ डा सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गर्नुभएको अस्पताल व्यवस्थापनले जनाएको छ । आँखाको उपचारका क्रममा तीन महिनाअघि उनको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा यहाँ आएको तिलगङ्गा अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ ।
डा रुईतलाई मन्त्री बन्न अफरसमेत गरेको समाचार आईरहेका छन् । प्रधानमन्त्री कार्कीसँगको भेटमा डा रुईतले आफु बिरामीको सेवामा रमाउो हुँदा मन्त्री बन्ने कार्यमा असहमत रहेको बताएका थिए ।





