१ असोज, काठमाडौँ । जेएनजी आन्दोलनका क्रममा ध्वस्त भएकाे संसद् भवन आज अर्थमन्त्री रामेश्वर खनाल गृहमन्त्री ओ प्रकाश अर्याल तथा उर्जामन्त्री कुलमान घिसिङसहितको टोलीले निरीक्षण गरेको छ ।
यही भदौ २३ र २४ गतेको जेएनजी आन्दाेलनका क्रममा संसद् भवन जलेर ध्वस्त भएको थियो भने अहिलेसम्म ७४ जनाको निधन भइसकेको छ ।
संसद् भवनभित्र प्रवेश गर्न खोजेका जेएनजीहरुलाई प्रहरीले गोली चलाउँदा १९ जना जेएनजीहरुको २३ गते निधन भएको थियो भने भोलीपल्ट अथवा २४ गते आन्दोलनकारीहरूले जलाएर ध्वस्त बनाएका थिए ।
सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी तथा पत्रकारहरूका साथमा उच्च स्तरका व्यक्तिहरूबाट संसद् भवन निरीक्षण भएको हो ।








