राजनीति

तोडफोड आगजनी गरी राष्ट्रको सम्पती क्षती गर्नेलाई छानविन गरी कडा कारबाही हुनुपर्छः नेता सिंह

२ असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार कांग्रेसलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २८औँ पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उनले संविधानको भावना र मर्मअनुसार जनतालाई केन्द्रबिन्दुमा राख्दै गणेशमानले देखाएको बाटो नै कांग्रेसको मार्गदर्शन हुने धारणा राखे । “गणेशमानको विचार र आचरण आज पनि जनभावनासँग मेल खान्छ, त्यसैले कांग्रेस कार्यकर्ताले त्यही पथ पछ्याउनुपर्छ”, उनले भने । कांग्रेस नेता इन्द्रमान महर्जनले गणेशमान सिंहको योगदान स्मरण गर्दै भ्रष्टाचारमुक्त, लोकतान्त्रिक मूल्यमा आधारित राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पु¥याएको योगदान र बलिदानलाई सम्मान व्यक्त गर्दै उनको सालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कृष्ण प्रसाद भट्टराईको बाँडेगाउँस्थीत आश्रम जलाईयो, आफु जन्मेको घर जलाईयो, बिराटनगरको बीपी कोईरालाको घर जलाईको, काँग्रेसमा पनि स्वच्छ नेताहरुको घर जलाएर हतोत्साहीत गर्न खोजिएको छ, काँग्रेस नेताहरु दुःख गरेर बसेर पनि देश बनाउन समाज बनाउन लागि पर्ने बतँए । उनले देशभरको क्षतीको छानबिन गर्नुपर्ने भन्दै प्रजातन्त्रमा दलहरुको भूमिका हुनु सामानय हुने बताए । निवर्तमान उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले देशको सम्पती आगलागी, तोफोड गरेर क्षती गर्नेलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने बताए ।