अन्तर्राष्ट्रिय

अमेरिकी अर्थ विभागका प्रमुख काट्जलाई आइएमएफ उपप्रमुखका लागि प्रस्ताव

२ असोज, वाशिङ्गटन । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अमेरिकी ट्रेजरी विभागको प्रमुख डन काट्जलाई आफ्नो नयाँ दोस्रो बरियताका लागि सिफारिस गरेको छ ।

काट्जको चयनलाई कोषको कार्यकारी समितिले अनुमोदन गर्नु आवश्यक छ। अर्थमन्त्री स्कट बेसेन्टको नजिकको विश्वासपात्र रहेका काट्जले ट्रम्प प्रशासनबाट आलोचनाको सामना गरिरहेको अन्तराष्ट्रिय म्द्रा कोष (आइएमएफ)को शीर्ष नेतृत्वमा राख्नेछ।

काट्जलाई स्वीकृत गरियो भने उनको काम अक्टोबर ६ बाट सुरु हुने अपेक्षा गरिएको छ। उनले आइएमएफको उपप्रबन्ध निर्देशकको रूपमा पहिलो जिम्मेवारी सम्हाल्नेछन् ।
विभागले आईएमएफको छनौटको बारेमा तत्काल टिप्पणी गरेको छैन ।

गीता गोपीनाथले हार्वर्ड विश्वविद्यालयमा फर्कन जिम्मेवारीबाट अगस्टमा बाहिरिएपछि काट्जको चयन भएको हो।

अर्थ विभागका ‘चिफ अफ स्टाफ’ रहेका काट्जले ट्रम्पको पहिलो कार्यकालमा पनि विभागको एक वरिष्ठ अधिकारीका रूपमा जिम्मेवारी सम्हालेका थिए ।

यस मामिलासँग परिचित एक स्रोतल एएफपीसँग भन्यो, “काट्जको बेसेन्टसँग लामो समयदेखि सम्बन्ध छ र पहिले ट्रेजरी प्रमुखको लगानी कोष (हेज फन्ड)को लागि परामर्श गरिएको थियो।

बिहीबार उनको प्रस्तावित नियुक्तिको घोषणा गर्दै आइएमएफले काट्जलाई ‘अर्थमन्त्रीका आन्तरिक र अन्तर्राष्ट्रिय मामिलाको प्रमुख सल्लाहकार’ भएको जनाएको छ ।

“काट्जले युक्रेनसँग अमेरिकी सरकारको नवीन आर्थिक साझेदारी विकास गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ चीनसहित अमेरिकी सरकारको अन्तर्राष्ट्रिय वार्ताको आकर्षण बन्नुभएको थियो,” आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

येल विश्वविद्यालयबाट स्नातक गरेका काट्जले यसपहिले गोल्डम्यान स्याक्समा लगानीसम्बन्धी बैङ्करको रूपमा काम गरिसक्नु्भएको छ ।

आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले एक विज्ञप्तिमा भन्नुभएको छ,“विश्व अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तनको समयमा हाम्रा सदस्य राष्ट्रहरूलाई आर्थिक र वित्तीय स्थिरता सुनिश्चित गर्न कोषको महत्त्वपूर्ण भूमिकामा उहाँलाई अघि सारेको छ।”

“वार्ताकारहरूको विस्तृत दायरासँग सम्बन्ध निर्माण गर्ने उहाँको क्षमता कोषको लागि महत्त्वपूर्ण सम्पत्ति हुनेछ,” उहाँले थप्नुभयो।

वाशिङ्गटनमा आइएमएफ र विश्व बैङ्कको वसन्त बैठकको क्रममा बेसेन्टले गत अप्रिलमा भनेका थिए, “दुबै सङ्गठनहरूलाई ‘उद्देश्यको लागि फेरि उपयुक्त बनाउनु आवश्यक छ।”

आइएमएफकी अघिल्लो नम्बर दुई अधिकारी गोपीनाथ सन् २०१९ मा आईएमएफमा सामेल भएका थिए र आइएमएफको उक्त (उच्च) तहमा पुग्ने पहिलो प्रमुख महिला अर्थशास्त्री बनेका थिए ।

उनी सन् २०२२ मा पहिलो उपप्रबन्ध निर्देशकमा बढुवा भएका थिए ।