९ असोज, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापना दिवश सम्पन्न गरेको छ । २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको हो ।
कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी रकम पाँच अर्ब ३ करोड ११ लाख ६४ हजार ४०० रहेको छ । कम्पनीको जगेडा कोषमा रकम दुई अर्ब २३ करोड २४ लाख ९ हजार ८०१ तथा जीवन बीमाकोषमा रकम १० अर्ब १० करोड ८७ लाख ८१ हजार ५४५ कायम छ । कम्पनीको नेट वर्थ रकम १५४.३५ रहेको छ र सो आधारमा कम्पनीको जोखिम धारण गर्ने क्षमता वृद्घि हुँदै गएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
कम्पनीलाई आजको स्थितिमा पु¥याउनका लागि मार्गदर्शन गर्ने नियामक निकायहरु, सेवाग्राहीहरु, अभिकर्ताहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा अझ प्र्रभावकारी सेवा प्रदान गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिवद्घता समेत व्यतm गरेको छ ।





