राजनीति

तोडफोड, आगजनी तथा हत्याका बिषयमा छानविन गरी दोषीमाथी कडा कारबाही हुनुपर्छः उपसभापति खड्का

९ असोज, कर्णाली । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरुले निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् ।

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् आज पत्रकारहरुसँग कुरा गर्दै उपसभापति खड्काले मुलुकमा उत्पन्न परिस्थिति र त्यसले उब्जाएको सङ्कटका विषयमा दलहरुले निर्मम समीक्षा गर्नुपर्ने धारणा राखे । उनले भने, “सरकारले छानबिन आयोग गठन गरिसकेकाले सबै कुरा अहिले बोल्दा हतार हुन्छ । दोषीहरुलाई कारबाही गराउनतर्फ सरकार लाग्नु पर्दछ ।” चुनावको मिति घोषणा भइसकेकाले सरकारले चुनावको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।