राजनीति

टाउकोमा कसले गोली हान्यो अचम्ममा छु, प्रधानमन्त्रीले गोली हान्न आदेश दिँदैन: अध्यक्ष ओली

११ असोज, भक्तपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केपी ओली केपी ओली भनेर हल्लाइएको बताएका छन् । उनले युवासँगको भत्तपुरमा सम्पन्न दसै–तिहार कार्यक्रममा बोल्दै गोली कसरी चल्यो ७४ जना निहत्थाको निधन भएको कसरी हो भन्ने विषय जटिल भएको बताए । 

उनले कसरी टाउका टाउकामा गोली लाग्यो कसरी लाग्यो भन्नेमा म अचम्ममा छु भन्दै त्यो घटना दुखद भएको बताए । उनले आफू यस्तो घटनाको छानबिन गराउँछु भनेको थिएँ भन्दै आफूले थप क्षति नहोस् भनेर भोलीपल्ट ११ साढे ११ बजे राजीनामा दिएको बताए ।

जेएनजीको भ्रष्टाचार अन्त्य गरौँ, सुशासन कायम गरौँ भन्ने मागलाई आफूले गम्भीरताका साथ लिएको भन्दै अहिले बनेको गौरी बहादुर कार्कीको संयोजकत्वमा बनेको समितिको प्रतिवेदन पर्खनुपर्ने बताए । 

उनले प्रधानमन्त्रीले कसैलाई पनि गोली चलाउने आदेश नदिने भन्दै सान्तीको मार्गमा हिँड्ने कि संवैधानिक, कानुनी र लोकतान्त्रिक उपायहरू खोजिनुपर्ने बताए । उनले प्रजातान्त्रिक विधिअनुसार बाटो खोज्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गरेका छन् । 

सेनाको ब्यारेकबाट निस्किएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकतामा जोड दिन अनुरोध गरेका छन् । उनले सबै पक्षलाई बस्न र छलफल गर्न र समाधान खोज्नुपर्छ भनेका छन् । अहिलेको परिवर्तन लोकतान्त्रिक नभएको भन्दै प्रहरीका हतियार खोसिएका, गोलि-गठ्ठा खोसिएका, ६ हजार भन्दा बढी कैदीलाई जेलबाट भगाइएको छ ।  प्रहरीका हतियार खोसेकाहरूले तत्काल बुझाउन नत्र हातहतियार खरखजना मुद्दामा जेल बस्नुपर्ने बनाए । उनले नेकपा एमालेका नेता कार्यकर्तालाई घर जेलेर क्षति भए पनि हरेस नखाएर एमालेले नै देश निर्माण गर्ने दाबी गरे । राष्ट्रलाई शान्तिपूर्ण प्राप्त गर्न सबै मिल्नुको विकल्प नभएको बताए ।