१७ असोज, पेरिस । इजरायली सेनाले गाजा जाने सहायता फ्लोटिलामा रोकेपछि खवदारी गर्ने २० जना भन्दा बढी विदेशी पत्रकारहरूलाई इजरायलले गिरफ्तार गरेको भन्दै रिपोर्टर्स विदाउट बोर्डर्सले निन्दा गरेको छ । यसले सुचनाको स्वतन्त्र प्रभाहका लागि पत्रकारहरूलाई तत्काल रिहाइको आह्वानसमेत गरेको छ ।
विज्ञप्तिमा पेरिस स्थित मिडियाले गत महिना गाजाका लागि यात्रा गरेको फ्लोटिलामा २० जना भन्दा बढी विदेशी पत्रकारहरू रहेको बताएको छ, जहाँ संयुक्त राष्ट्र सङ्घले अनिकाल भइरहेको बताएको छ ।
पत्रकारहरूलाई बुधवार देखि बिहीबारको बिचमा पक्राउ गरिएको र कार्यकर्ताहरूलाई गाजा तर्फ लिएर गइरहेका डुङ्गाहरूलाई रोकेको आरएसएफले जनाएको छ ।
करीव ४०० भन्दा बढी मानिस बोकेका जहाजहरूलाई गाजा पट्टीमा पुग्नबाट रोकियो, एक इजरायली अधिकारीले बताउनु भएको छ ।
पत्रकारहरूलाई पक्राउ गर्नु र उनीहरूलाई काम गर्नबाट रोक्नु सूचना दिने र सूचित हुने अधिकारको गम्भीर उल्लङ्घन भएको आरएसएफका प्रमुख मार्टिन रौक्सले बताए ।
“आरएसएफले मानवीय अभियानलाई कभर गर्न यी जहाजहरूमा रहेका समाचार व्यवसायीहरूको अवैध गिरफ्तारीको निन्दा गरेको रौक्सले प्रष्ट पारेका छन् ।
जहाजमा रहेका करिब २० जना पत्रकार मध्ये स्पेनको एल पाइस, कतारको अल जजीरा र इटालीको सार्वजनिक प्रसारणकर्ता आरएआईका पत्रकारहरू थिए ।
गिरफ्तारी सुरु भएदेखि मिडिया संस्थाहरूसँग “उनीहरूका पत्रकारहरूको कुनै समाचार नआएको आरएसएफले बताएको छ ।
इजरायलले गिरफ्तार गरिएका व्यक्तिहरूलाई युरोपमा निर्वासित गर्ने बताएको छ, भने हाल कुनै पनि जहाजले गाजाको समुद्री नाकाबंदी उल्लङ्घन गरेको छैन ।
युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय प्रेसलाई प्यालेस्टिनी क्षेत्रमा स्वतन्त्र रूपमा सञ्चालन गर्न अनुमति दिइएको छैन।
इजरायली सेनासँग संलग्न मिडियालाई मात्र प्रवेशको अनुमति दिइएको छ, भने तिनीहरूको रिपोर्टिङ कडा सैन्य अनुगमनको अधीनमा छ ।
आरएसएफका अनुसार प्यालेस्टिनी उग्रवादी समूह हमासले सन् २०२३ अक्टोबर–७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सैन्य कारबाही सुरु भएदेखि २१० भन्दा बढी पत्रकार मारिएका छन् ।





