१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि रोकिएको छ।
बैठक महामन्त्री गगन थापाको असहमति पछि स्थगित गरिएको हो। उनले महाधिवेशनको कार्यतालिका प्रस्तुत नभएसम्म बैठकमा सहभागी नहुने चेतावनी दिएका थिए।
हाल कांग्रेसभित्र विशेष वा नियमित महाधिवेशनबारे गम्भीर मतभेद देखिएको छ। यही विषयमा चलिरहेको छलफल निष्कर्षमा नपुगेपछि बैठक स्थगित गरिएको हो।
थापाले तत्काल महाधिवेशन गर्नुपर्ने अडान लिँदै महामन्त्री विश्वप्रकाश शर्मासँग संयुक्त रूपमा अभियान अघि बढाइरहेका छन्।
यसैबिच पार्टीले जारी गरेको सूचनामा बैठक आगामी २०८२ कार्तिक १६ गते आईतबार दिउसो १ बजे पुन बस्ने छ । बैठक पार्टीको केन्द्रिय कार्यालय बी.पी. स्मृति भवन बी.पी. नगर ललितपुरमा आयोजना हुनेछ ।
बैठकमा केन्द्रिय पदाधिकारी, सदस्य,आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।





