१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ । शुक्रबारका लागि तय भएको बैठक स्थगित भएपछि आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो।
१५औं महाधिवेशनको मिति तय गर्ने विषयमा पार्टीभित्र मतभेद कायम रहेकाले शुक्रबारको बैठक सहमति नजुटेर रोकिएको थियो। शनिबार पनि पदाधिकारी बैठकमार्फत सहमतिको प्रयास गरिएको थियो तर निष्कर्ष ननिस्कँदा आज पुनः केन्द्रीय समिति बैठक बोलाइएको हो।
बैठकमा महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्नेबारे मत विभाजन रहेको छ। महासचिव विश्वप्रकाश शर्माले यो विषयमा महासमिति सदस्यको भोटिङमार्फत निर्णय गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति जुटाउन दुई महामन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्न आज बिहान ९ बजे ललितपुरको धोबीघाटमा बैठक बोलाएका छन्।





