आर्थिक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कर दिवस २०८२ मा सम्मान

१ मंसिर, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै कर तिर्ने बैंकका रूपमा आन्तरिक राजस्व विभागले सम्मान गरेको छ। राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा विभागले बैंकलाई विशेष सम्मान प्रदान गरेको हो।

विभागका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) तथा आय विवरणका आधारमा सबैभन्दा धेरै कर योगदान गर्ने बैंकका रूपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अघि आएको हो। कर दिवसमा विभागले विभिन्न विधामा विभाजन गरी उद्योग, व्यवसाय, बैंक तथा वित्तीय संस्थामध्ये उत्कृष्ट करदाता चयन गर्दै सम्मान गर्ने परम्परा रहेको छ।

यस वर्ष बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रमध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सूचीमा पर्न सफल भएको विभागले जनाएको छ। बैंकले कर प्रतिवद्धता र दिगो वित्तीय पारदर्शितालाई निरन्तरता दिँदै आएको बताइएको छ।