२ मङ्सिर, काठमाडौँ । आईएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा प्रविण रेग्मीलाई नियुक्त गरेको छ । सञ्चालक समितिको ११औँ बैठकले रेग्मीलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।
यसअघि, आईएमई डिजिटल सोलुसन लिमिटेडको सीईओको जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जरपछि आईएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रही संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।
बढ्दै गएको डिजिटल कारोबार र क्यासलेसतर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने कम्पनीको विश्वास छ ।
यसअघि, कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का आफ्नो चार वर्षे कार्यकाल सकाएर बिदा भएका थिए ।





