आर्थिक

एन आई सी एशिया बैंकको शून्य प्रिमिय कर्जा

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक माझ गतिशील, सबल, उत्तरदायी एवम् विश्वसनीय बैंकिङ्ग अभ्यासद्वारा ग्राहक केन्द्रीत आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा यस एन आई सी एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एशिया शेयर लोन’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।

ग्राहकको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक रूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम रू. २५ करोड र संस्थागत लगानीकर्ताको लागि अधिकतम रू. ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिका साथै ग्राहकको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको छ ।