समाचार

हेटौँडा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सापकोटा सहित ७ जनालाई भ्रष्टाचार मुद्दा

८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासमेत ७ जना भ्रष्टाचार मुद्दा दारय गरेको छ ।

अख्तियारले आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेज उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

उनीहरुले भष्टाचार गरेको आरोप रहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सापकोटा, तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका सदस्य) राधा कृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मूल्याङ्कन समितिका सदस्य) राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निशियन (मूल्याङ्कन समितिका सदस्य) रवीकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर (मूल्याङ्कन समितिका सदस्य) राजेश्वर कमलीलाई जनही ३१ लाख १७ हजा विगो दावी गरिएको छ ।

त्यस्तै, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका सदस्य) नेत्र नर सिंह कार्कीलाई ३१ लाख १७ हजार रुपैयाँ बिगो दावी गरिएको पौडेलले जानकारी दिए ।

आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेज तथा उक्त कम्पनीका प्रोपाईटर नवराज श्रेष्ठ समेत ३१ लाख १७ हजार रुपैयाँ विगो रहेको पौडेलले जानकारी दिएका छन् ।