२२ मंसिर, काठमाडौं । एन आई सी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकलाई आग्रह गरेको छ ।
मोबाइल बैंकिङ्ग एपमा रहेको “प्यान अपडेट” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नुहुनेछ । साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इ टेस्ट रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण इ टिडिएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।
ग्राहक महानुभावले प्यान अद्यावधिक नगराएको कारणले ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंक सम्पूर्ण ग्राहक महानुभावहरुमा जानकारी गराएको छ ।
साथै, यस बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध छ । बैंकका ग्राहकको आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ्ग एप मा रहेको माई प्रोफाइलमा ट्याप गरी चेन्ज इमेल विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले बताएको छ ।





