आर्थिक

Yango Rideले नेपालको लागि एपभित्र नयाँ सुरक्षा फिचर

२६ मंसिर, काठमाडौं । विश्वव्यापी टेक कम्पनी Yango Group अन्तर्गतको Yango Ride ले नेपालमा आफ्नो अनुप्रयोगमा नयाँ सुरक्षा संरचना सार्वजनिक गरेको छ । यस अपडेटले व्यक्तिगत सुरक्षा चेकलिस्टहरू समावेश गर्दछ, जसले यात्रुहरूलाई यात्राका बेला लागू भएका सुरक्षा उपायहरूको वर्तमान अवस्था हेर्ने सुविधा प्रदान गर्छ। साथै, यसमा यात्रुहरूले यात्रा सुरु गर्नुअघि र यात्रा दौरान पालन गर्नसक्ने सुरक्षा सुझावहरू सहितको नयाँ ‘Safety Center’ पनि समावेश गरिएको छ । यो अपडेट आगामी दिनहरूमा क्रमशः सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ।

यात्रा–अगाडिको चेकलिस्टः यात्रा अझ सहज र सुरक्षित बनाउन आवश्यक कदमहरू

नयाँ Safety Center मा यात्रुहरूले पालन गर्नुपर्ने उपायहरूको सूची प्रदर्शित हुन्छ। यसमा अनबोर्डिङ सामग्री पढ्नु, व्यक्तिगत जानकारी भर्नु, विश्वसनीय सम्पर्क थप्नु, सेल्फी प्रमाणिकरण गर्नु, वा इमेल अद्यावधिक गर्नु जस्ता चरणहरू समावेश छन् ।

यदि सूचीमा कुनै पनि कुरा अपूर्ण छ भने, एपले त्यसैलाई चिन्हित गर्छ र प्रयोगकर्तालाई आवश्यक कदम चाल्न तथा बाँकी भाग पूरा गर्न सूचित गर्छ।यात्रुहरूले पार्टनर चालकका लागि निर्धारित मापदण्डहरू, विवाद वा दुर्घटना परेको अवस्थामा सहयोग कसरी पाउने, तथा प्रत्येक सुरक्षा सुविधाबारे विस्तृत जानकारी एकै क्लिकमा जान्न सक्छन्।मुख्य स्क्रिनमा आपतकालीन अवस्थाका लागि सधैं क्इक् सिग्नल र सपोर्टका लागि बटनहरू उपलब्ध हुन्छन्।

“Yango मा सुरक्षा हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो। हामी दृढ सुरक्षा उपायहरू र प्रविधिहरू लागू गर्नु मात्र पर्याप्त छैन, ती प्रत्येक प्रयोगकर्ताका लागि देखिने, बुझ्न सकिने र पारदर्शी हुनु पनि आवश्यक छ भन्नेमा विश्वास गर्छौं। नयाँ व्यक्तिगत सुरक्षा चेकलिस्ट र अपडेटहरूसँग, यात्रुहरूले अब आफ्नो यात्राको हरेक चरणमा — बुकिङदेखि यात्रा समाप्ति सम्म — हामीले उनीहरूको सुरक्षा सुनिश्चित गर्न के–के गरिरहेका छौँ भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्,” Yango नेपालका प्रवक्ताले भनेका छन् ।

यात्रा दौरान सुरक्षा स्थिति अझ स्पष्ट र दृश्य
नयाँ क्बाभतथ ऋभलतभच ले यात्राको हालको स्थिति देखाउँछ र कुन–कुन सुरक्षा जाँचहरू तथा सुविधाहरू सक्रिय छन् भन्ने संकेत गर्दछ। सुरक्षा स्तरको गणनामा निम्न कारकहरू समावेश हुन्छन्ः

● चालक पहिचानको नवीनतम प्रमाणीकरणः
पार्टनर चालकहरूले आफ्नो चालक अनुमति पत्र (दुवै तर्फ) का फोटो र अनुमति पत्र समातेको सेल्फी अनिवार्य रूपमा अपलोड गर्नुपर्छ। सिस्टमले यी जानकारीलाई चालकको प्रोफाइलसँग मिलान गर्छ। यो प्रक्रिया पूरा नभएसम्म चालकले अर्डर लिन पाउँदैनन्।

● गतिमा नियन्त्रणः
थ्बलनय च्ष्मभ एपले न्एक् प्रयोग गरी चालकको मार्ग र गति ट्रयाक गर्छ। उक्त गति मार्ग निर्माणका लागि प्रयोग गरिएको नेभिगेटरका आधारमा सो सडकमा अनुमति दिइएको अधिकतम गतिसँग तुलना गरिन्छ।

● ड्राइभिङ शैली नियन्त्रणः
ड्राइभिङ व्यवहार निगरानी प्रणालीले चालकलाई सुरक्षित रूपमा ड्राइभ गर्न सहयोग गर्छ। यसले चालकको स्मार्टफोनमा रहेको एक्सेलेरोमिटर र जाइरोस्कोपका डेटा विश्लेषण गरी अचानक तीव्र acceleration, deceleration, वा अनियन्त्रित मोडजस्ता जोखिमपूर्ण गतिविधि पत्ता लगाउँछ। प्रत्येक असुरक्षित ड्राइभिङका घटना पछि चालकलाई सावधानीपूर्वक चलाउन चेतावनी पठाइन्छ। चेतावनीहरू बेवास्ता गरेमा सेवामा पहुँच सीमित गर्न सकिन्छ।