आर्थिक

गोरखा ब्रुअरी–खालिसीसी सहकार्यः ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरू

२८ मंसिर, काठमाडौं । गोरखा ब्रुअरी÷काल्र्सबर्ग समूहले देशभरका व्यवसायिक स्थानलाई जोड्दै बोतलको पुनःप्रयोग प्रक्रियालाई सहज बनाउने उद्देश्य सहित नयाँ अभियान अघि सारेको छ । “नेभर लिभ ए बोटल बिहाइन्ड” भन्ने मूल नारासहित खालिसीसीसँगको सहकार्यमा सुरु गरिएको यो अभियानले कम्पनीलाई जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’ तर्फ उन्मुख गराउने बताइएको छ ।

अभियानअन्तर्गत खालिसीसीले बार र रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका
शिशाको बोतललाई व्यवस्थित रूपमा संकलन, छुट्याउने र पुनःप्रयोगको प्रक्रियामा पठाउनेछ । यसले व्यावसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यो मोडेलमार्फत व्यवसायिक क्षेत्रको जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन सुलभ हुने र पुनःप्रयोग गर्न सकिने गिलास ल्यान्डफिलसम्म नपुग्ने गरी उल्लेखनीय कमी आउने कम्पनीले जनाएको छ ।
गोरखा ब्रुअरीले भन्यो, “खालिसीसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने हाम्रो प्रतिबद्धतालाई व्यवहारमै उतारेको छ । व्यवस्थित पुनःप्रयोग समाधान उपलब्ध गराएर हामी भ्क्न् लक्ष्यलाई थप मजबुत बनाउँदैछौँ र सफा–हरियो नेपाल निर्माणमा सहयोग पु¥याइरहेका छौँ।”