२ पुस, काठमाडौं । गत भदौ २३–२४ गतेका जेनजी आन्दोलन घटनाबारे अनुसन्धान गर्दै आएको आयोगले आफ्नो म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसित बुधबार छलफल गर्दै आयोगका पदाधिकारीहरूले एक महिना समय थप्न अनुरोध गरेका हुन् । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार, बयान लिनुपर्ने क्रम अझै जारी भएकाले समय पर्याप्त छैन।
प्रधानमन्त्रीले आयोगलाई समय थप गर्ने जानकारी दिएका छन्। आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ र अर्को साता पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र अन्य राजनीतिक नेताहरूलाई बयानमा बोलाउने तयारी छ।





