बाग्मती

कस्तो रहनेछ त? आजको मौसम!

५ पौष, काठमाडौँ । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन र मौसम सामान्यतया मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो अधिकांश भू–भागमा मौसम सफा रहनेछ भने केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।

राति पनि देशका धेरै भागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।