२० पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।
अस्पताल स्रोतका अनुसार, सुवेदीमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम हुने र रिंगटा लाग्ने समस्या देखिएको छ। यसअघि प्रोस्टेटको शल्यक्रिया गराइसकेका उनी संक्रमणका कारण बिहीबार अस्पताल भर्ना भएका हुन्।
हाल क्याबिनमा राखेर उपचार भइरहेको र चिकित्सकहरूसँग थप परामर्श भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।





