२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा सुरु भएको छ। बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ।
विशेष महाधिवेशन पक्षका नेताहरूले नीतिगत निर्णय टुंगिएपछि निर्वाचन प्रक्रिया समेत अघि बढाइने बताएका छन्। बन्द सत्र चलिरहेकै बेला विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच विवाद समाधानका लागि बालुवाटारमा वार्ता जारी छ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिने अडान दोहोर्याइरहेको छ भने विशेष महाधिवेशन पक्षले भने नयाँ नेतृत्व चयनसम्म जाने तयारी रहेको स्पष्ट पारेको छ।
यसअघि आइतबार विशेष महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो, जससँगै कांग्रेसभित्रको विवाद थप चर्किएको छ।





