३० पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको छ। महाधिवेशनमा महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्।
सभापतिमा भने गगन थापाको मात्र एकल उम्मेदवारी परेको छ। बुधबार बिहान थापा र शर्मा सभापति शेरबहादुर देउवासँग सहमतिका लागि वार्ता गरे पनि कुनै निर्णय निकाल्न सफल भएनन्।
वार्ता असफल भएपछि महामन्त्री पदका दुवै उम्मेदवार अहिले कानुनविद्हरूसँग परामर्शमा छन्। निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार, दिउँसो १ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।




