३० पुस, काठमाडौं । बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको फ्लाइट नम्बर ८५२ ढिला भएको छ। यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान प्रभावित भएको हो।
सुरक्षा मापदण्ड अनुसार, यात्रुलाई विमानस्थल सुरक्षा टोलीको जिम्मा लगाइएको छ भने जहाजको पूर्ण प्राविधिक परीक्षणका लागि प्राविधिक टोली भैरहवा पुगेको छ। परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्रै जहाजले उडान भर्नेछ।
नागरिक उड्डयन प्राधिकरण अनुसार आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो। बुद्ध एयरले यात्रुवर्गमा पर्न गएको असुविधाप्रति क्षमा प्रकट गरेको छ।




