समाचार

नयाँ नेतृत्वपछि कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज

३ माघ, काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ। विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वले आधिकारिकता पाएसँगै यो पहिलो औपचारिक बैठक हुन लागेको हो।

बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको कांग्रेसले जनाएको छ।

पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा पार्टीको आगामी रणनीति, संगठनात्मक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।