२९ माघ, काभ्रेपलाञ्चोक । रामेछापमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका तथा बेपत्ता यात्रुका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि यातायात सेवा पुनःसञ्चालन भएको छ।
स्थानीय प्रशासन, अरनिको यातायात सेवा प्रा.लि. र पीडित परिवारबीच भएको वार्तामा मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति तत्काल उपलब्ध गराउने र दुर्घटनापछि बेपत्ता यात्रुलाई पनि मृतकसरह मानी क्षतिपूर्ति दिने सहमति भएको हो। साथै, चालकविरुद्ध कडा कानुनी कारबाही, बेपत्ताको खोजी जारी राख्ने र सार्वजनिक यातायातमा प्रभावकारी अनुगमन गर्ने निर्णय गरिएको छ।
मंगलबार मन्थली–६ त्रिवेणी पुल नजिक बस तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। दुर्घटनामा दुई बालक र एक युवक अझै बेपत्ता रहेका छन्।





