स्वास्थ्य

सेञ्चुरी बैंक र ब्लु क्रस अस्पतालवीच सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वर, काठमाण्डौंस्थित ब्लु क्रस अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेर धनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंैकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेर धनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान,अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउने छन् ।

उक्तसम्झौता पत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस स्पतालप्रा.लि.काकार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेको छ ।