काठमाडौं । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा नं।४ बाहिनी अड्डा ईमामनगर व्यारेक, नेपालगंजमा सञ्चालन गरिएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन(२०७६ू सम्पन्न भएको छ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममालाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी थापाले नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु अडिग र अविचलित रहँदै पुर्खाहरुको रगत, पसिना र बलिदानद्वारा रचित नेपाली सेनाको गौरवमय इतिहासलाई जिवन्त राख्नु सेवारत र सेवानिवृत्त सैनिक व्यक्तिहरु सदैव समर्पित रहेको र रहनु पर्दछ भनि बताए । सम्बोधनकै क्रममा उनले नेपाली सेनाको संस्थागत मूल्य मान्यताहरुलाई जीवन्त राख्नव अग्रज अवकाश प्राप्त सैनिकहरुले पुर्यायएको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्दै अवकाश प्राप्त सैनिकहरुको आर्थिक समुन्नरति, प्रगति र सुखमय जीवनको व्यवस्थापन हुनु भनेकै नेपाली सेनाको आधार स्तम्भ बलियो हुने विश्वास व्यक्त गरे ।
साथै अवकाश प्राप्त सैनिकहरुको अवकाश पछिको जीवनमा थप उर्जा प्रदान गर्ने, एक आपसमा भेटघाट गरी आफ्ना सुख(दुःखका अनुभवहरु साट्ने, बहालवाला सैनिक र अवकाश प्राप्त सैनिकहरु बीच सामिप्यताको भावना जागृत गराउने, नेपाली सेनाद्वारा संचालित विविध कल्याणकारी कार्यहरुको जानकारी गराई अझै समयानुकुल सुधारको लागि थप राय(सुझावहरु संकलन गर्ने र आगामी दिनमा कल्याणकारी कार्यक्रम थप प्रभावकारी बनाउन नयाँ चिन्तनको विकास गर्ने उद्देश्यले यस प्रकारको भू।पू। सैनिक सम्मेलन आयोजना गरिएको बताए ।





