काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
गत शुक्रबार छापावाल सुन ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेर सुनको मूल्य नयाँ उचाइमा पुगेको हो ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार तेजावी सुन प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
तर चाँदीको मूल्य भने शुक्रबारको तुलनामा मंगलबार प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ८ सय ८० रुपैयाँ तोकिएको छ । गत शुक्रबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।





