आर्थिक

डिसहोम ले ल्यायो एक फरक धारको रियालिटी शोः सुनौलो तारा

काठमाडौं । नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिश होमले निर्माण तथा प्रशारण गर्न थालेको छ ।

नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा वदी वालवबलिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुतगर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको हो ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखीप्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ताशुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेज काग्राहकहरुको लागी उपलव्ध गराईएको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ ।

यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीहरु लाई क्रमशःनगद रु ५ लाख, ३ लाखर १ लाख डिश होमले प्रदान गर्ने छ साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्तगर्ने छन् ।