नेहा थापा/ नेपाली समाज विविधतायुक्त समाज हो । यहाँ हिमालदेखि तपाईसम्म, पूर्वदेखि पश्चिमसम्म र गाउँ देखि शहरसम्म अनेकौँ विविधता देख्न सकिन्छ । उदाहरणका लागि जातजातिगत आधारमा नेपाली समाजमा विविधता छ । सन् २०११ को सरकारी रेकर्डअनुसार यहाँ १२५ प्रकारका जातजातिहरु रहेका छन् । यी जातजाति भित्र भएको भाषा, संस्कृति, प्रचलनमा विविधता छ । यहिँ विविधताले ती जातको अस्तित्व कायम हुन सकेको छ । त्यस जातीय विविधता भित्र १२३ वटा भाषा बोलिन्छ । हिन्दु, वौद्ध, मुशलवान, क्रिश्चियन, किराँत लगायत दशवटा धर्म अस्तित्वमा छन् । यो नै नेपाली समाजको विविधता हो । यस भित्र जे जसरी सामाजिक साँस्कृतिक लेनदनका आधारका सह अस्तिव्यलाई स्वीकारिएको छ । यो अनुपम उदाहरण हो । जसले नेपाली समाजको एकिकृत चिनारी दिन सकेको छ । यसै प्रकारको विविधता राष्ट्रिय एकताको मुल आधार बन्दछ । आजको नेपाली समाजमा यी नै विविधताहरु रहेका छन् । विविधता भित्र अन्य निम्न अनुसारका विभिन्ताहरु रहन्छन् । जस्तैः व्यवसाय, रोजगार, वर्ग र लिङ्गका आदि ।
राष्ट्र विभिन्न जाती, भाषा, संस्कृति, भूगोल आदीका विचको एकीकृत स्वरुप हो । राष्ट्र हुनका लागि मानिस चाहिन्छ । त्यहाँ विभिन्न धर्म संस्कृतिमा बाधिएका मानिसहरु रहन्छन् । नी मानिस क्रियाकलाप र व्यवहारहरु एक आपसमा अन्तरक्रिया गर्दै सामाजिक विकासको प्रक्रियामा अघि बढेको हुन्छन् । यहि प्रक्रियामा राष्ट्रहरु बन्ने, विकास हुने, अझ बढि समुद्ध हुने प्रक्रियाहरु पनि रहन्छन् । यी प्रक्रियामा एकीकरणको अवस्था सिर्जना, कला, साहित्य, भूगोलका आधारहरुमा वहुल चरित्र भएको समाज हो । अझ बढि समृद्ध हुने प्रक्रियाहरु पनि रहन्छन् । यहि प्रक्रियामा एकीकरणको अवस्था सिर्जना हुन्छ । माथि पनि उल्लेख गरिसकेको छ कि नेपाल जात, धर्म, संस्कृति, कला, साहित्य, भूगोलका आधारहरुमा बहुल चरित्र भएको समाज हो । यी बहुलता भित्रका अपेच्छाहरु, आवश्यकताहरु, समस्याहरु, पहिचानहरुको संवोधन हुन सकेमा राष्ट्रिय एकीकरण मजवुत बन्न सक्छ । नेपालका जनजातीय मुद्धाहरु धार्मिक सवालहरु विकासमा पहुँचका सवालहरुलाई संवोधन नगरी नेपाली राष्ट्रिय एकता बलियो बन्न सक्दैन । नेपालमा लामो समय सम्म एकात्मक प्रणाली अन्तगर्त एकल भाषा र एकल संस्कृतिको अभ्यास भित्र केन्द्रीय एकात्माक राज्य व्यवस्था सञ्चालनमा रह्यो ।
नेपाल चारजात छत्तिस वर्णको फुलवारी हो । नेपालमा पछिल्लो समयमा राज्यको चरित्र समावेशी बनिरहेको छ । यसले राष्ट्रिय एकीकरणमा सहयोग पुर्याउन सक्छ । राष्ट्रिय एकीकरणलाई हामी दुईवटा पक्षवाट बुझन सक्छौँ । एउटा भौगोलिक रुपमा छरिएर बाईसे चौबिसेको रुपमा रहेका राज्य क्षेत्र तथा समुदायलाई वा राष्ट्रहरुलाई एउटै राष्ट्रमा गाभ्ने प्रकृया हो । यहि प्रकृयामा नेपाल राज्यको एकीकरण भएको थियो । विभिन्न वाइसे, चौविसे, तिरहुते तथा मल्ल राज्यहरु राष्ट्रिय एकीकरणका मध्यमबाट नेपाल राज्यमा गाभिएका थिए । समाज शास्त्रमा भौगोलिक एकिकरणलाई मात्र राष्ट्रिय एकीकरण भनेर बुझ्न सकिदैन । समाजमा रहेका विभिन्न धर्म, संस्कृति, वर्ण प्रजातिहरु वीचको एकतालाई वा यी सबै पक्षलाई एउटा राष्ट्र प्रति समर्पीत गराउने वातावरणको सृजनाले मात्र राष्ट्रिय एकिकरणलाई बल पुप्याउनु पर्छ । जातीहरु बिच, धार्मिक सम्प्रदायहरु बीच तथा भौगोलिक क्षेत्रका आधारमा उत्पन्न यस्ता व्यवहारको राष्ट्रिय अखण्डमा प्रभावित भएको हुन्छ ।
नेपालको इतिहासमा मध्यकालमा आएर राष्ट्रिय एकीकरणको प्रकृया कमजोर भएको देखिन्छ । यहि समाजमा नै विभिन्न राज्य रजौटाहरु नेपालमा देखा परे । नेपाल आफु भित्रै टुक्रिन गई विभिन्न शाषकीय संरचनामा अभियानलाई अघि बढाउदै जादा आधुनिक नेपालको सृजना हुन पुगेका हो । यसलाई हामी आधुनिक नेपाल भनेर बुझ्दछौ । साराशंमा भन्नु पर्दा मानिसहरु राष्ट्रिको विकास र पहिचानका लागि भौगोलिक रुपमा, सामाजिक सास्कृतिक रुपमा, धार्मिक तथा जातिय आधारमा एकीकृत हो । प्रकियालाई हामी राष्ट्रिय एकीकरण भन्दछौं । यस एकीकरणको प्रकृयामा कुनै पनि देश भित्र रहेका विभिन्न भाषा, संस्कृति, धर्म, जाति जनजाति आदिको अस्तिव्व स्वीकारिएको हुन्छ । सबैले सबै जाति सह–अस्तित्व भावना राखेका हुन्छन् । सबैको सामुहिक पहिचानको विभेद, असमानता, दमन शोषण जस्ता पक्षलाई हटाउदै सबैको सहभागितमा राष्ट्यि समृद्धि र विकासलाई अघि बढाउनु पर्दछ । यसले मात्र राष्ट्रिय एकतालाई बलियो बनाउँछ । राष्ट्रिय एकीकरणका मुल आधार त्यस देशका जनताहरु बिचको भावनात्मक एकता हो । पछिल्लो समय देखिएका भारतले मिचेका कालापानी, लिपुलेक र लिम्पीयाधुराका बहसहरु पनि राजयको भौगोलिक एकीकरणको समस्याका रुपमा नै लिन सकिन्छ ।
समाज समाजिक, सांस्कृतिक, मोवैज्ञानिक र आर्थिक पक्ष सहितको एकीकृत हुने विषय हो । नेपाली समाजको पहिचान यस भित्र रहेको वहुलवादी समान र संस्कृतिले आभिव्यक्ति गर्दछ । यति मात्र होइन विभिन्न भाषा, परम्परागत प्रथा, प्रणाली, प्रचलन र संस्कृतिहरु पनि नेपाली समाजको अभिन्न पक्ष हुन् । यसैले राष्ट्रिय एकतालाई मजवुत बनाएको छ । नेपाल जस्तो विविधतापूर्ण समाजमा स्रोत र साधनको विनीयोजन र परिचालन प्रकृयमा नेपाली भू–धरातल र जाती जनजातिहरुको अवस्थालाई मध्यनजर गर्न आवस्यक छ । राष्ट्रिय एकीकरणका लागि कुनै पनि देशमा प्रदेशिक एकता र अखण्डमा हुन आवस्यक छ । कुनै पनि राष्ट्रका लागि निश्चित भु–क्षेत्र हुन अवस्यक छ । समाजमा रहेको विभिन्न जातजातिहरु बिच विभेद, उच्चता र निच्चताको भावना आदि कारणले सबै नेपालीहरुलाई एकताको सुत्रमा बाधन सक्दैन । देशको विकास र समुद्धिका लागि सामाजिक एकीकरण अनिवार्य छ । जब हामी अर्को कुनै समुदाय वा धर्म र जातिको सामाजिक सांस्कृतिक मुल्यलाई बुझन सक्छौ तब नै समाजमा एकीकरण सम्भव हुन्छ ।
(नेहा प्रशिक्षार्थी हुन् ।)





