प्रदेश 1

कोरोना संक्रमणका कारण कोशी अस्पतालमा ४० वर्षे पुरुषको मृत्यु

३० साउन, काठमाडौं । कोरोना संक्रमणका कारण कोसी अस्पतालमा ४० वर्षे पुरुषको मृत्यु भएको छ । गम्भिर अवस्थामा बिहिबार अस्पताल भर्ना भएका उनमा बिहिबार नै संक्रमण पुष्टि भएको थियो ।

सिराहको विष्णुपुर गाउँपालीका १ घर भएका पुरुषको गएराति करिब ८ बजे मृत्यु भएको हो । बिहिबार अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो ।

कोरोना संक्रमण देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन खोजिएपनि धरानले बेड खाली नभएको बताएपछि उनलाई कोशी अस्पतालको आइसोलेसनमै राखिएको थियो ।

उनको शरीरमा रगतको कमी पनि देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिएका छन् ।

बिहीबार नै कोशी अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका– १५ का ३३ वर्षीय युवकको मृत्यु भएको थियो ।