ओम आचार्य/नेपाली कांग्रेसले गएको स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनवाट पार्टी सुद्धिकरणको लागि केही संकेत त पाएकै होला, केही कुराहरु वुझेकै होला वुझ्को छैन भने वुझ्ने प्रयास गर्नुपर्छ।

नेपाली कांग्रेसको पराजयलाई व्याक्तीको पराजय नठानियोस र यस्तो ठानिन्छ भने काँग्रेसको आगामी दिनका लागि झनै ठुलो त्रुटि हुने छ। काँग्रेसको पराजयका मूख्य कारण विगतमा पार्टी सरकारमा हुँदा गरेका राम्रा राजनीतिक कार्यहरु चुनावी रणनीतिमा मुद्धा वनाउन नसक्नु, प्रकासमा ल्याउन नसक्नु नै हो । अझ अर्को मूख्य गल्ती कांग्रेसमा धेरै साईलेन्ट भोटहरु छन्, मास बेस पार्टीको रुपमा चिनिएपनि तिनिहरुलाई चलायमान गर्न नसक्नु नै हो, तिनिहरुलाई समेट्न नसक्नु नै हो । यस्ता धेरै प्रतिष्ठित सम्मानित र समाजका अगुवा नेपाली कांग्रेसमा छन् उनीहरुलाई पार्टीले समेट्न नसक्नु पार्टीको लागि दीर्घकालीन घाटा हुन्छ । काँग्रेसका नेता कार्यकर्ताले मत माग्दै घर दैलो कार्यक्रम निस्कदा, भोट माग्दै हिड्दा वा अरुबेला होस् निस्चयनै बिशेष सम्मान दिनुपर्छ । साईलेन्ट रुपमा रहेर काँग्रेसलाई बिना शर्त सहयोग गर्नेहरु नै काँग्रेसका मूख्य सम्पती हुन् । उनीहरुलाई समेट्न सके कांग्रेसको लागि उपयोगी फलदायी हुन्थ्यो तर त्यस्तो गर्न पार्टी र पार्टीबाट उम्मेदवार भएका आदरणीय कँँग्रेस नेताहरुले समय अभाव वा दम्भ बढेर वा नजानेर आवस्यक ठानेनन् त्यो उनीहरुकै कुुरा हो । टिकट पाएकाहरुको वुद्धीले काम गरेन, या यिनीहरुको दम्भ, घमण्डले उनीहरुको सम्मान गर्न दिएन त्यो मध्ययनजर गर्दै आफ्ना मान्छेलाई आफैंसँग राख्न गलत बानी परिवर्तन गर्न जरुरी छ ।
पछिल्लो समय नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाल्ी नेता डा शेखर कोइरालाले यही कुरालाई मुख्य रुपमा मनन गरेर अव पार्टीमा लागेकाको क्षमता, अनुभवका आधारमा मुल्यांकन हुने छ म यस्को ज़िम्मेवारी लिन्छु भनेका छन् उक्त भनाई काँग्रेस बलियो बनाउने हिशावमा राम्रो संकेतको रुपमा लिनु पर्दछ। पार्टी नेता कार्यकर्ताको मूल्याँकन, साईलेन्ट बसेकालाई समेट्ने वा सम्मान गर्ने कुरा अन्य नेतृत्वतहमा वसेका वा नेतृत्वमा बस्न ईच्छा देखाएकाले मुख खोलेर भन्न सकेका छैनन्, पार्टी संचालनमा नेतृत्व तहमा वसेकाहरु उदार हुनुपर्छ र आफ्ना कार्यकर्ताहरुको संरक्षण र मुल्यांकन गरेर क्षमता र हैसियत अनुसार ज़िम्मेवारी दिदै जानु पर्छ, जुन डा. शेखर कोइरालवाट व्यक्त विचारले कांग्रेसमा जीवन दिने छ र सायद नेता कोइराला कै विचारको प्रतिफल उनी विराटनगर आउदा निवासमा होस्, या बिमानस्थलमा होस्, त्याहाँ हुने गरेको कार्यकर्ताको उपस्थितिले शिर्षनेता गिरिजा प्रसाद कोइरालाको सम्झना गराउन थालेको टिप्पणी गर्न थालेका छन।
कांग्रेसले अव कठोर हुनु पर्छ कठोर, यस अर्थमा की पार्टीमा अनुशासन छैन, यो यौटा मन्दिर जस्तो भयो जुनै वेला पनि प्रवेस गर्न सक्ने र वहिर्गमन पनि गर्न सक्ने यस्ताहरुमा धैरै जुत्ता र चप्पल चोरहरु आउछन् र सच्चा कांग्रेसले ख़ाली पैताला हिड्नु पर्छ पछिल्लो चुनावी परिणामको नतिजाले देखाएको छ काँग्रेसभित्र धेरै नै आन्तरिक सधार हुन जरुरी छ।
विपी कोईरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजबादको नारासहितको त्यो काँग्रेस अहिले सप्तरीको व्रम्हजियाको पेड़ा पसल जस्तो भएको छ वुडोको पेड़ा यो नाम अगाडी विशेषण लगाई सवैले वुडोको पेड़ा पसल भनेर जसरी नाम राखेका छन्, त्यस्तै विपीको नामसंग कांग्रेसलाइ जोडेर–हामी असली संस्थापन–हामी संस्थापन र संस्थापन यी तिन गुटले आफ्नो आफ्नो पसलको नाम यसरी राखेर कार्यकर्ता वा गुटका सदस्य वटुल्न तिर लागेका छन् । काँग्रेसका ईमान्दार र क्षमतावान कार्यकर्ता अन्योलमा छन् । १४ औं महाधिवेशनपनि आउनै लागेको छ यस्तो अवस्थामा काँग्रेसले शुद्ध चिज पाउछन् त ? सुध्द चिन्तन, शुद्ध विचार, शुद्ध चरित्र, शुद्ध आचरण, शुद्ध नेतृत्व पाउछन् त, कार्यकर्ता ठगिदैन त, कार्यकर्ताको शोषण हुदैन त?, कार्यकर्ताको दोहन हुदैन त? प्रशनै प्रश्न कार्यकर्तालाई खड्किएका छन् ।
काँग्रेसको संवेदनसिल विषयमा नेतृत्वले लिएका लापार्वाही, हेलचक्राइ र उदासिनताले नेपाली काग्रेसको भविस्य सुनिस्चित गर्छ बिगार्छ, काँग्रेसको भविश्य कार्यकर्तासँग भन्दा देश र लोकतन्त्रसँग जोडिएको छ, नेतृत्व तहमा वसेकाले सोच्न जरुरी छ ।
अव पुराना र निष्ठावान, वि पीको समाजवाद वुझेका, चारतारे झण्डालाइ वुझेका, देश र जनता बुझेका नागरिक मुलुकमा थुप्रै पार्टीमा छन्, जो अहिले पार्टी देखी दुरी बढाएर वसेका छन्, पार्टीदेखी विरक्तिएका छन्, विस्थापित भएकाछन्, यस्ताहरुलार्इ घर घरमा गएर त्यो पनि कार्य कर्ता हैन, युवा पुस्ता हैन काग्रेसका शिर्ष नेताहरुले गएर भेटेर पार्टीमा कृयाशील हुन आग्रह गर्न जरुरी छ । उनीहरुको स्वभिमान, प्रतिष्ठाको उच्च कदर गर्नु र गराउन सक्नु पर्छ । हो यही कार्य अहिले डा. शेखर कोइराला मेची देखी महाकाली सम्म संगठन वनाउन र कार्यकर्तासाथिहरुको मनोवल उच्चवनाउन जिल्ला जिल्लामा सम्पर्क राखिरहेका छन् । उनको उक्त कार्यको आगामी अधिवेशनमामात्र होईन काँग्रेसको ईतिहासमा नै काँग्रेसले मूल्याँकन गर्नेछ ।
अहिले नेपाली कांग्रेसमा रहेका शिर्ष नेताहरु, केन्द्रिय सदस्य, प्रदेश तथा जिल्ला स्तरिय नेताहरुले सधैं राष्ट्र, समाजको डर राखेर काम गर्न जरुरी छ । भोलि कसैले अनुचित प्रस्न, कसैले चोर औंला नदेखाओस, पार्टीमा ज़िम्मेवार पद लिएर वसेकाहरुको चारित्रिक आचरण नै पार्टीको प्राण हो, पहिचान हो, यसरी सवैले यस्तो विचार धारण गर्दा कांग्रेस जनमानसमा समाहित हुन्छ र यस्तो अवधारण पार्टीमा विकसित गराउन पार्टी एकपल्ट कठोर हुनै पर्छ, माथील्लो स्तरका नेताहरुले धेरै दुःख गर्नपर्छ । काँग्रेसलाइ शुद्धिकरण गर्नैपर्छ, यो सुद्धिकरणमा कोही पनि विस्थापित र अपमानित भएको न ठानियोस, यस्ले त कार्यकर्ता पार्टीमा नै रहने उस्को विकार, फोहर, मैला दुसितपना, प्रदुसितपना मात्रै फालेर हटाएर प्रतिवद्ध, दत्तचित, ईमान्दार, कर्तब्यनिष्ट भएर पार्टीमा लाग्नु पर्ने वातवरण सृर्जना गर्दै काँग्रेसको ईमान्दार कार्यकर्ताको निर्माण गर्दछ । यसपछि साँच्चै काँग्रेसले कहिल्यै पराजय, भोग्नु पर्दैन, जहिल्यै पनि राष्ट्रको नेतृत्व दायीं भुमिकामा रहने छ । नेताहरु प्रधानमन्त्री, राष्ट्रपति र मन्त्रीहरु बन्नेछन् उनीहरुले मुलुक र जनताको सेवक ठान्नेछन्, अहिलेको सत्तामा बसेकाले जनतालाई नेकर र देशलाई आफ्नो कम्पनी ठानने प्रचलनको अन्त्य हुनेछ अनि देशको मुहार फेरिनेछ ।





