१९ भदौ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसममक्ष पदबाट राजीनामा दिएका छन्। मन्त्री खतिवडाले राष्ट्रिय सभाको सदस्य पदमा नेकपा उपाध्यक्ष बामदेब गौतमलाई पठाउने निर्णय भएपछि उक्त पदबाट राजीनामा दिएका हुन् ।
६ महिना राष्ट्रिय सभा सदस्यबिना नै मन्त्री भएका डा. खतिवडाको शुक्रबार साँझ मन्त्री खतिवडाले राजीनामा बुझाउनुअघि राष्ट्रिय सभामा मनोनित गर्ने भन्दै आजको मन्त्रीपरिषद बैठकले निर्णय गरेपछि उनको राष्ट्रिय सभाको सदस्य पदसमेत सकिएको बेला उनले राजीनामा दिएका हुन् । राजीनामा दिएपछि आफ्नो कार्यकालमा राम्रो काम गरेको भन्दै प्रधानमन्त्री ओलीले उनलाई धन्यबाद दिएका थिए ।





