पु.समाचार

रथ यात्रामा खटिएका १८ सहित उपत्यकाका ५६ प्रहरीमा कोरोना संक्रमण पुष्टी

१९ भदौ, काठमाडौं । रातो मच्छेन्द्रनाथको रथ तान्न खेज्दा भएको झडपलाई रोक्न खोज्ने १८ जना प्रहरीसहित काठमाडौं उपत्यकाका ५६ जना प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका ८ जना, काठमाडौं प्रहरीका १५ जना, ललितपुर ट्राफिक प्रहरीका १५ जनामा कोरोना संक्रमण पुष्टी भएको बताईएको छ ।
कोरोना भाईरस संक्रमण परीक्षणका लागि स्वाव दिएपछि आईसोलेसनमा बस्नुपर्ने नियम भएपनि प्रहरीहरुलाई स्वाब दिएपछि पनि ड्युटिमा खटाईएको बताईएको छ ।