पु.समाचार

राती १० बजेदेखी ललितपुरको कफ्र्यु हट्यो, मच्छिन्द्रनाथ वरिपरिको निशेधाज्ञा भने २६ गतेसम्म

१९ भदौ, काठमाडौं। आज बिहान ४ बजेबाट लगाएको ललितपुरको बिभिन्न क्षेत्रको कफ्र्यु सरकारले आज राती १० बजेबाट हटाएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षताको जिल्ला सुरक्षा समितिकको बैठक र सरोकारवालासँगको छलफलपछि रातो मच्छिन्द्रनाथको वरपरको क्षेत्रमा निशेधित क्षेत्र जारी राख्दै अन्य क्षेत्रमा लगाईएको कफ्र्यु हटाईने निर्णय भएको छ ।
मच्छिन्द्रनाथको वरिपरिको निशेधाज्ञा भने २६ गते राती १० बजेसम्म कायम रहने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिएका छन् ।