२२ भदौ, काठमाडौं । कोरोनाबाट आजसम्म निको हुने ३० हजार ६७७ जना छन् । क्वारेन्टाईनमा बसेका देशभरका मानिसहरु ४ हजार ७३९ जना छन् । ५ सय भन्दा बढी उपचाररत जिल्लाहरु मेरगँलगायत छन् । आज ९७९ जनामा नेपालभर कोरोना संक्रमण पुष्टी भएको छ भने ११ जनाको निधन भएके छ । ११ जनाको निधन हुँदा नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३०० पुगेको छ । संक्रमितहरु नेपालमा ४७ हजार २३६ पुगेका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त पुष्टी गरेका हुन् ।





