२ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्चका एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीश जबराले दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी दुई हप्तादेखि निरन्तर धर्नामा छन् । सर्वोच्चका न्यायाधीशहरूले समेत जबराको बहिर्गमन हुनुपर्ने धारणा राख्दै आएका वेला जबराले आजका लागि फुलकोर्ट बैठक बोलाएका हुन् ।
साथै सर्बाेच्चमा आज अवस्था तनावपुर्ण बनेको छ । कानुन व्यवसाीको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष सहित दर्जनौ घाईते भएका छन् ।





