समाचार

प्रधानन्यायाधीश जबराले बोलाएको सर्वोच्चको ‘फुल कोर्ट’ बैठक जारी

२ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ । जबरासंगै सबै न्यायाधीशहरूको उपस्थितिमा फुलकोर्ट बैठक सुरु भएको हो । यसअघि प्रधानन्यायाधीश जबराबाहेकको बैठक बस्ने चर्चा थियो ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी दुई हप्तादेखि निरन्तर धर्नामा छन् । सर्वोच्चका न्यायाधीशहरूले समेत जबराको बहिर्गमन हुनुपर्ने धारणा राख्दै आएका वेला जबराले आजका लागि फुलकोर्ट बैठक बोलाएका हुन् । आजको बैठकमा इजलास गठनमा गोलाप्रथा लागू गर्ने विषयमा निर्णय लिइने बताइएको छ ।