समाचार

सर्बाेच्चमा कानुन व्यवसायीलाई अश्लील गाली गर्दै धम्की दिने दुई व्यक्ति प्रहरी नियन्त्रणमा

३ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित कानुन व्यवसायीलाई अश्लील लागि गर्दै धम्क्याउने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार नेपाल बार एशोसिएसनको कार्यालयभित्रै गएर दुई व्यक्तिले आन्दोलित कानुन व्यवसायीलाई अश्लील गाली गर्दै आन्दोलन नरोके पिट्ने सम्मको धम्की दिएका थिए ।

पक्राउ पर्नेमा तीर्थ ढकाल र सिताराम श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । ढकाललाई बौद्धबाट र श्रेष्ठलाई मूलपानीबाट गएराति पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।