समाचार

एमाले अध्यक्ष, ओलीविद्ध रावल मैदानमाः पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गर्ने

५ मंसिर, काठमाडौं । नेकपा एमालेमा अध्यक्ष पदका लागी ओलीविरुद्ध रावल मैदानमा उत्रने भएका छन् । एमालेका उपाध्यक्ष डा.भीम रावल १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने भएका हुन ।

दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरेका थिए । एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न इमान्दार नभएको भन्दै रावल असन्तुष्ट रहँदै आएका थिए ।

रावलले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनमा गरेर उम्मेदवारी घोषणा गर्ने प्रेस सहयोगी एकीन्द्र कुँवरले जानकारी दिएका छन् । ओलीले यसअघि नै अध्यक्षमा एक कार्यकाल दोहोरिन चाहेको बताएका थिए ।

९ औं महाधिवेशनमा रावलले माधव नेपालको प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनले सार्वधिक मतका साथ विजयी भएका थिए ।